२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरेको छ ।
न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो ।निवेदन खारेज भएसँगै अर्का न्यायाधीश पिताम्बर शर्माको इजलासले जारी गरेको समाचार हटाउने आदेश पनि स्वतः खारेज भएको छ ।
न्यायाधीश शर्माले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको वारेमा प्रकाशित समाचार हटाउन आदेश दिएका थिए । आदेश जारी भएपछि बिजमाण्डु र नेपालखबर अनलाइनले सुनुवाइका क्रममा त्यसको प्रतिवाद गरेका थिए ।
प्रहरीले पत्रकार दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ गर्न नपाउने भएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले यो आदेश दिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij