Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२४.७६ अंकले घट्यो सेयर बजार कारोबार भने बढ्यो

२४.७६ अंकले घट्यो सेयर बजार कारोबार भने बढ्यो


  • 1.6K
    Shares

    • images
    २४.७६  अंकले घट्यो सेयर बजार कारोबार भने बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४.७६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६२८ अंकमा कायम भएको छ ।

    कारोबार रकम बढेको छ । अघिल्लो दिन ९ अर्ब ८ करोडको कारोबार भएकोमा आज ११ अर्ब २३ करोडको भयो । जम्मा ४७ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो ।

    सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.४७ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.५०, विकास बैंक १.१२, फाइनान्स ०.९३, होटल तथा पर्यटन ०.९६, हाइड्रोपावर १.३४, लगानी ०.७३, जीवन बीमा ०.४१, उत्पादन १.०१, माइक्रोफाइनान्स १.०६, निर्जीवन बीमा ०.३४ तथा अन्य समूह १.१२ प्रतिशत घटे ।

    पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मध्यभोटेकोशी जलविद्युत् कम्पनीको ५.५५, शिवश्री हाइड्रोको ४.०४, पाँचथर पावरको ३.५९ र आँखुखोला जलविद्युत् कम्पनीको ३.२३ प्रतिशत बढ्यो ।

    तीन कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घटेको हो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.४४, सप्तकोशी विकास बैंकको ५.९० प्रतिशत घट्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् अगाडि रहे ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - १४:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij