Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका चुनौतीको सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल

आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका चुनौतीको सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल


  • 2.0K
    Shares

    • images
    आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका चुनौतीको सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौं ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी सरकारले बजेट ल्याएको बताएका छन् । 

    प्रस्ताव प्रस्तुत गर्दै पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गए पनि चुनौतीहरू कायमै रहेकाले त्यसका सामना गर्नेगर सरकारले बजेट ल्याएको बताएका छन् ।

    प्रस्तुत बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी अभिवृद्धि हुने, रोजगार सिर्जना हुने र पूर्वाधार आयोजनाहरू निर्धारित समयमा नै सम्पन्न हुने अर्थमन्त्री  पौडेलले बताएका छन् । 

    अर्थमन्त्री पौडेलले चालू पूँजीगत खर्च चालू आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरेको जानकारी दिएका छन् भने सरकारी वित्त हस्तान्तरणमा वित्त आयोगले निर्धारण गरेको सीमाभन्दा करिब ४ अर्बले वृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्नेगरी बजेट प्रस्ताव गरिएको अर्थमन्त्री पौडेलको भनाइ रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १४:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij