Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चोरेको भैँसी बेच्न खोज्दै गर्दा एक युवक पक्राउ

चोरेको भैँसी बेच्न खोज्दै गर्दा एक युवक पक्राउ


  • 2.1K
    Shares

    • images
    चोरेको भैँसी बेच्न खोज्दै गर्दा एक  युवक पक्राउ

    काठमाडौं । झापा प्रहरीले एक युवकलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरेको छ। 

    झापा गाउँपालिका -६ निवासी १९ वर्षीय विनोद बाँनिया चोरी गरेको भैँसी किन्ने ग्राहक खोजी गरिरहेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

    आफ्नै छिमेकी खगेन्द्रकुमार कार्कीको भैँसी चराउनको लागि बाँझो खेतमा पगाहा लगाएको स्थानबाट चोरी गरेर उनले बिक्रीका लागि झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाको सीमानामा पर्ने बिरिङ खोला पुर्‍याएरका थिए। उनी भैँसी खरिद गर्ने ग्राहक खोजी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

    भैँसी खरिद गर्न आएका व्यापारीले नै युवकले भैँसी चोरी गरि ल्याएको आशंका गरेर प्रहरीललाई खबर गरेका थिए।  त्यसपछि पुगेका प्रहरीले ती युवकलाई भैँसीसहित पक्राउ गरेको डीएसपी खड्काले बताए। 

    उनलाई झापा जिल्ला अदालतबाट मंगलबार पाँच दिनको म्याद थप गरी चोरी सम्बन्धि कसूरमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको खड्काको भनाई छ। 

     

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - १०:२१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij