२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी उपसचिव खटाइएको पाइएको छ ।
अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी रहे पनि अहिले ८ उपसचिव कार्यरत रहेका छन् ।
स्रोतले उपलब्ध गराएको सूची अनुसार अहिले उपसचिवहरू खेमराज उपाध्याय,फणीन्द्र पौडेल,अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र चूर्णबहादुर खत्री कार्यरत रहेका छन् ।
दरबन्दीभन्दा बढी उपसचिव पठाइएको पाइएसँगै प्रधानमन्त्री कार्यालयको शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह सचिव गोकर्णमणि दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई पत्र काट्दै कारबाहीको चेतावनी दिएका थिए ।
कार्कीले उक्त पत्रमा ७ दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको कर्मचारीको विवरण उपलब्ध गराउन भन्दै चेतावनी दिएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij