२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएको थियो । त्यो बेला बैठक बस्न नसकेपछि सवा तीन बजे सम्मका लागि सूचना टाँसेर सारिएको थियो ।
त्यो बेला पनि बस्न नसकेपछि बैठक सूचना टाँसेर साढे ५ बजेसम्मका लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा भइरहेको सेटिङमा नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन आयोग बनाउनु पर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij