२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबारदेखि बस्दै नबसी आइतबारसम्मका लागि सारीएको छ ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ।
आज शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको छ ।
यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij