२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भिजिट भिसा प्रकरण र संसद् सञ्चालनको विषयमा विपक्षी र सत्तारुढ दलबिच भएको छलफल निष्कर्षविहीन भएको छ । भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् ।
यसअघि बानेश्वरमा विपक्षी दलको बैठक बसेको थियो । उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने ठहर विपक्षी दलले गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा र आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद् बैठक बस्न नसक्ने निष्कर्ष निकालेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij