Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नवलपरासीमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको गरे हत्या

नवलपरासीमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको गरे हत्या


  • 2.5K
    Shares

    • images
    नवलपरासीमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको  गरे हत्या

    काठमाडौं ।  नवलपरासीमा दुईजनाको हत्या भएको छ । सुनवल नगरपालिका–२ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् ।

    शुक्रबार बिहान ११ बजे ३५ वर्षीय खेमराज थारुले ५० वर्षीय बाबु दयाराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए । 

    उनीहरू दुबैजनालाई कोदालोले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको डीएसपी पन्तले बताए । हत्या गर्ने खेमराजलाई घरबाटै पक्राउ गरिएको छ । खेमराजले के कति कारणले हत्या गरे भन्ने बारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - ११:३०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij