२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई आजबाट १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
कम्पनीको हाल कायम चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ भने १०० रुपैयाँ अंकित दरको कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ।
उक्त हकप्रदमा शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट अनलाइनन आवेदन दिन सक्ने छन्।
हकप्रद शेयरमा लगानीकर्ताले आगामी असार १२ गतेसम्म आवेदन दिन पाउने छन्। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij