२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ ।
तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् ।
हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले भने यस्ता बैठकको कुनै औचित्य नभएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij