२०८२ चैत्र २ गते सोमवार
काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका-६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पनौतीबाट यात्रु लिएर जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस भुग्देउ पुग्दा ५ जना मात्र यात्रु थिए ।
तीमध्ये ६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए । घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ । कृष्णकुमारीसँगै गएकी एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ ।
त्यस्तै, कृष्णकुमारीकी बुहारी संगीता आचार्य तिमल्सिना पनि सोही बसमा सवार थिइन् । उनको गोडामा चोट लागेको छ । घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । बिरामी लिन एम्बुलेन्स भुग्देउ आइरहेको तामाङले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij