२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-६ का २८ बर्षीय तेजेन्द्र लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरीएको छ । हत्याको आरोपमा सोही स्थानका ३२ बर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
फक्तालुङ गाउँपालिका-३ स्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र उनको श्रीमती सरिता लिम्बूबीच सामान्य विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाइ बुझाइ दुवै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बूको साथ लगाइ उनीहरूकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बूलाई गुरुङले एक्कासी धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij