Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सबैलाई नागरिकता दिने भएपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्छः मन्त्री राई

सबैलाई नागरिकता दिने भएपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्छः मन्त्री राई


  • 1.4K
    Shares

    सबैलाई नागरिकता दिने भएपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्छः मन्त्री राई

    काठमाडौं । रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताएका छन् । 

    बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताए। उनले भविष्यमा नागरिक सबैलाई दिनेगरी अघि बढ्दा नेपालमा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको बताए । 

    जन्मदर्ता गर्ने कर्मचारीले फर्जी वितरण गरेको खण्डमा उसको बढुवादेखि जागिरमै समेत बन्देज गर्ने जस्ता प्रावधान राख्न सुझाव दिए । रक्षामन्त्री राईले अनलाइन प्रणालीमा जाँदै गर्दा झनै कडाईका साथ निगरानी गर्नुपर्ने बताए । अनलाइन रेकर्डमा बस्नेले कागज सुरक्षित गरेर राखेन भने त्यसलाई पनि दण्ड हुनुपर्ने बताएका छन् ।

    नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी रहेको बताए । 

    रक्षामन्त्री राईले आमा र बुबा दुवै जना नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने बताए

    images
    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १३:०१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij