२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । रकम अपचलन गरेको आरोपमा तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित तीन जना दोषी ठहर भएका छन् । झन्डै डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ परेका हन् ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर सर्वसाधारणको रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई सहकारीको बचत अपचलनमा दोषी ठहर गरेको छ ।
सहकारीका सचिव, क्षेत्रीय प्रबन्धक लगायतलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र तुलसी सहकारी संस्थालाई बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ भराई बिगो बमोजिम जरिमाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij