Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसदमै बोल्न मागे समय

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसदमै बोल्न मागे समय


  • 2.0K
    Shares

    • images
    भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसदमै बोल्न मागे समय

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्मै बोलेर जवाफ दिन समय मागेका छन्। 

     आज बुधबार बिहान राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्।

    सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनले भने, ‘यस विषयमा म संसद्मै बोलेर जबाफ दिन्छु। समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउन सक्नुहुन्छ।’

    जवाफमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरे । यसका निम्ति वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह गरेका छन् ।

    भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ। 

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - ०९:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij