२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा बसेको छ ।
आज मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा सुरु बैठक भएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा लगायत संसदमा साझा धारणा बनाउने विषमा छलफल गर्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।
सोमबार बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij