२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको दोसा्रे कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १.६० अंकले वृद्धि भएर २६९४.६६को बिन्दुमा कायम भएको छ ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटपछि पहिलो पटक सेयर बजार कारोबार भएको छ । यस दिन २ करोड २० लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २२ करोड हाराहारीमा कारोबार भएको छ ।
साथै, ओम मेगाश्री र प्युर इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढी सेयर कारोबार ङ्यादी ग्रुपको भएको छ । यस्तै उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, म्यानुफ्याक्चर एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्सको सेयर ऋणत्मक भएको ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij