Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा, छुटेपछि लिङ्देन भेट्न पुगे धुम्बाराही

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा, छुटेपछि लिङ्देन भेट्न पुगे धुम्बाराही


  • 2.1K
    Shares

    • images
    कमल थापा र दीपक सिंहसहित ७ जना रिहा, छुटेपछि लिङ्देन भेट्न पुगे धुम्बाराही

    काठमाडौँ । राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् ।

    राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंहसहित सात जनालाई जिम्मा जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

    आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई प्रहरीले रिहा गरेको हो । 

    प्रहरी नियन्त्रणबाट छुटेलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंह धुम्बाराहीस्थित राप्रपाको कार्यालय पुगेका छन् ।

    राप्रपा कार्यालयमा उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरे । थापा र सिंहसहित ८ जनालाई प्रहरीले दिउँसो नियन्त्रणमा राखेको थियो । ती मध्ये ७ जनालाई साँझ जिम्मा जमानीमा प्रहरीले छाडेको छ ।

    प्रहरी परिसर भद्रकालीबाट रिहा भएलगत्तै उनीहरू राप्रपा कार्यालय पुगेका हुन् । जहाँ, अध्यक्ष लिङ्देनले स्वागत गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।


    रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ । आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।

    Shivam Cement

    राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - २१:४४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij