Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा

राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा


  • 2.2K
    Shares

    • images
    राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा

    काठमाडौं । राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि उपत्यका बन्दको घोषणा गरेको छ ।

    संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा राजावादी समूहले नेपाल बन्दको घोषणा गरेको हो ।

    ‘प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपक सिंहलाई संसदीय मर्यादाविपरीत प्रहरीले हिरासतमा लिएबाट यो सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ रहेको प्रमाणित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं ।’

    rajabadi-82-2-18r.jpg

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १९:३२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij