२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १८० जना मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ ।
बोर्डले १८० जना मेडिकल अधिकृत ९० दिनको लागि माग गरेको । बोर्डले गत साउन यताको झन्डै ११ महिनाको रिभ्यु सुरू गरेको छैन । यी मेडिकल अधिकृतहरुलाई पेन्डिन अवस्थामा रहेको मागदाबीको रिभ्यु गर्न खटाउने छ ।
१५ जेठको बजेट वक्तव्यमा सेवा प्रदायकको अहिलेसम्मको बक्यौता रकम फरफारक गर्ने सरकारले दाबी गरेको छ । सोही अनुसार बोर्डले जनशक्ति थप गर्न लागेको छ ।
अहिलेसम्म बोर्डमा मेडिकल अफिसर, नर्स तथा फार्मासिस्ट लगायतका विभिन्न पदका २५ बढीले रिभ्यूमा काम गर्दै आएका छन् ।
पछिल्लो पटक स्वास्थ्य सेवा विभागले छात्रबृत्तिका ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत सो कार्यका लागि बोर्डमा पठाउने निर्णय गरेको छ । इच्छुक तथा योग्यता पुगेको चिकित्सकले ७ दिन भित्र आवेदन दिइ सक्नु पर्ने बोर्डले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij