Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

म नेकपा एमालेको झोले हुँ, झोले हुनुमा गर्व छ : प्रधानमन्त्री ओली

म नेकपा एमालेको झोले हुँ, झोले हुनुमा गर्व छ : प्रधानमन्त्री ओली


  • 1.8K
    Shares

    • images
    म नेकपा एमालेको झोले हुँ, झोले हुनुमा गर्व छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओेलीले तथाकथित आलोचनात्मक चेत भएका भनिएकाहरुले राम्रो कुरा गर्दा पनि झोलेको आरोप लगाउने गरेको टिप्पणी गरेका छन्। 

    शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै भने, ‘सोकल्ड आलोचनात्मक चेत भएका मानिसहरु तपाईंले सही आर्टिकल लेख्नु भयो भने पनि झोले हुनुभए छ भन्छन्। किनभने तपाईंले सही कुराको विरोध गर्नुभएन नि।’

    २५ सय वर्षअघि प्लेटोले भनेको कुरा अहिले आएर नबुझ्नेहरू दाष भएको टिप्पणी गर्दै जनताको कुरा बोकेर हिँडेकाले आफूलाई झोले भन्दा कत्ति पनि अप्ठ्यारो नलाग्ने जिकिर गरे। ‘सही कुराको सर्मथन गर्दा झोले, मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन,’ ओलीले भने, ‘म जनताको कुरा बोहेर हिँड्ने मान्छे हुँ। जनताको हितको झोला बोक्ने, राष्ट्रको हितको झोला बोक्ने, राष्ट्रको इज्जतको झण्डा उठाउने झोले हुँ। के भो त म झोेले हुँ। मैले कुनै सामन्तको झोला बोकेको छैन।’

    उनले थपे, ‘कुनै सामान्तको २ कौडी लिएर स्तुती गान गाएको छैन।’

    आफू झोले भएकोमा गर्व गर्ने समेत प्रधानमन्त्री ओलीको भनाइ छ। ‘म नेकपा एमालेको झोले हुँ, म यस जनताको झोले हुँ,’ उने भने, ‘अब चित्त बुझ्यो प्रतिक्रिायवादीहरुलाई? म कबुल गर्छु– झोले हुँ। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोक्नुमा गर्व छ।’

    प्रकाशित मिति :जेठ १७ २०८२ शनिवार - १४:४१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij