२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज सोमबार सुनको मूल्यमा सामान्य गीरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँ घटेको छ ।
छापावाल सुन आज सोमबार प्रतितोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ भने यसअघि आइतबार छापावाल सुन प्रतितोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij