Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पक्राउ

पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा नेपाली नागरिक अन्सरुल मिया दिल्लीमा पक्राउ

पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा नेपाली नागरिक अन्सरुल मिया दिल्लीमा पक्राउ


  • 2.9K
    Shares

    पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा नेपाली नागरिक अन्सरुल मिया दिल्लीमा पक्राउ

    काठमाडौं । भारतको राजधानी दिल्लीको प्रहरीले पाकिस्तानी गुप्तचर संस्था आएएसआइको स्लिपर सेलको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ गरेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

    २१ जना आइएसआइ एजेण्टहरु पक्राउ गर्ने क्रममा पछिल्लो पटक एकजना नेपाली नागरिक अन्सरुल मियाँ अन्सारीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

    उनीविरुद्ध मे महिनामै अभियोगपत्र दायर भएको र हाल तिहाड जेलमा पठाइएको हिन्दुस्तान टाइम्समा उल्लेख छ । अन्सारी दिल्लीको एक होटलबाट पक्राउ परेको र उनी पाकिस्तान जाने क्रममा रहेको दाबी प्रहरीको छ ।

    ती नेपाली नागरिक अन्सारीले आफू कतारमा क्याब चालकको रूपमा काम गरेको सोही सिलसिलामा आइएसआइसँग सम्पर्क भएको बयान दिएको दाबी भारतीय मिडियाको छ ।

    त्यसपछि उनलाई कतारबाट पाकिस्तान लगिएको र उनलाई आइएसआइका उच्च अधिकारीले केही दिन तालिम दिएको समेत एएनआइले जनाएको छ । अन्सारीलाई त्यसपछि नेपाल हुँदै दिल्ली पठाइएको र गोप्य दस्ताबेजहरू सिडी बनाएर पाकिस्तान पठाउन भनिएको दाबी समेत गरिएको छ ।

    यसबारेमा नेपाल प्रहरीले कुनै जानकारी पाएको छैन ।

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १२:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij