२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् ।
आज बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएका छन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको राष्ट्र बैंकको प्रवक्ता रामु पौडेलले जानकारी दिएका छन्।
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई सरकारले मंगलबार नियुक्त गरेको थियो भने मन्त्रिपरिषद्बाट नियुक्त भएको गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij