Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंको सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौंको सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी


  • 1.7K
    Shares

    • images
    काठमाडौंको सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । आज बिहान लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन्  । 

    ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट भएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । यस आगलागीमा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

    आगलागीको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौं महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा सुरक्षा फौज खटिएको थियो । 

    आगो बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । 

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - ०९:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij