Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा


  • 1.7K
    Shares

    • images
    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा राखिएको छ । 

    ६ पटक हेर्न नमिल्ने भएको उक्त रिट मंगलबारदेखि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको छ ।

    मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । 

    न्यायाधीशहरूले आजै सक्नेगरी बहस छोट्याउन आग्रह गरे पनि आज लामिछानेका तर्फबाट मात्रै कानुनी व्यवसायीहरुले बहस गर्न भ्याएका हुन् ।

    बुधबार पूर्वडीआईजी छविलाल जोशी, पीडितको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस हुनेछ ।

    उक्त बन्दीप्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी जोशीको तर्फबाट उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिट पनि लगाउमा राखेर हेरिएको छ ।

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १७:०५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij