Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

महानगर

काठमाडौं महानगरले राजुनाथ पाण्डेलाई सोध्यो स्पष्टीकरण, स्पष्टीकरणमा के छ ?

काठमाडौं महानगरले राजुनाथ पाण्डेलाई सोध्यो स्पष्टीकरण, स्पष्टीकरणमा के छ ?


  • 1.8K
    Shares

    • images
    काठमाडौं महानगरले राजुनाथ पाण्डेलाई  सोध्यो स्पष्टीकरण, स्पष्टीकरणमा के छ ?

    काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् । 

    प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।’

    केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि छ । गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतको भनाइ छ । 

    स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको विषय उल्लेख छ । 

    यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको विषय समेत उल्लेख छ   । उनलाई सात दिन भित्र रितपूर्वक स्पष्टीकरण पेस गर्न सूचित गरिएको स्रोतको भनाइ छ ।  म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ ।

    महानगर स्रोतका अनुसार यस्ता छन् स्पष्टीष्टीकरणका  मुख्य बुँदा

    कर्मचारीको आचरण तथा अनुशासन किन पालना नगरेको ?

    मिडियामा अनधिकृत बयानबाजी किन गरेको ?

    जनप्रतिनिधिहरूसँग मुखमुखै किन लागेको ?

    वातावरण शान्त पार्ने आदेशविपरीत द्वन्द्व निम्त्याउने काम किन गरेको ?

    प्रशासकीय अधिकृतलाई बाटो छेकी किन कार्यालय छिर्न नदिएको ?

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १५:२७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij