Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दिल्लीबाट २१ राजदूत काठमाडौंमा, यस्तो छ कार्यक्रम

दिल्लीबाट २१ राजदूत काठमाडौंमा, यस्तो छ कार्यक्रम


  • 1.7K
    Shares

    • images
    दिल्लीबाट २१ राजदूत काठमाडौंमा, यस्तो छ कार्यक्रम


    काजठमाडौं । नयाँ दिल्लीमा रहेका युरोपेली संघका सदस्य राष्ट्रहरूका २१ राजदूत र प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन्।

    वार्षिक मिसन प्रमुखको नेपाल भ्रमणको लागि उनीहरू काठमाडौं आएको नेपालस्थित ईयू डेलिगेसनको कार्यालयले जनाएको छ। धेरै युरोपेली मुलुकका दिल्लीस्थित नियोगहरूले नेपाल मामिला पनि हेर्छन्।

    दिल्लीबाट नेपाल भ्रमणमा रहेका राजदूतहरू १९ देखि २१ मे २०२५ सम्मको तीन दिने मिसनका लागि नेपाल आएका हुन्। टिम युरोपको भावनामा आयोजना गरिएको यस भ्रमणले नेपालका प्राथमिकताहरू बुझ्ने र सहयोगका क्षेत्रहरू उजागर गर्ने नेपालस्थित डेलिगेसनले जनाएको छ।

    डेलिगेसनले विज्ञप्तिमार्फत जनाएअनुसार यस क्रममा उच्चस्तरीय बैठकहरू, विभिन्न क्षेत्रका भ्रमणहरू र विविध क्षेत्रका सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएका छन्।

    भ्रमणको क्रममा राजदूतहरूको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी घरेलु र विदेशी नीतिका मुद्दाहरूमा छलफल गरेको थियो। यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि सोमबार साँझ नै उक्त टोलीले शिष्टाचार भेट गरेको छ।

    डेलिगेसनका अनुसार उनीहरू नागरिक समाज संस्थाहरू र मिडियाका साथै निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिहरूसँग पनि छलफल गर्नेछन्। भक्तपुर दरबार क्षेत्र र नेपाल विद्युत प्राधिकरणमा पनि अवलोकन गर्ने कार्यक्रम छ।

    ‘यसको उद्देश्य युरोपेली संघका सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक गतिशीलताको फराकिलो दृष्टिकोण प्रदान गर्नु र जलवायु कार्य र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासजस्ता साझा प्राथमिकताहरूमा संवादलाई सुदृढ पार्नु हो,’ विज्ञप्तिमा उल्लेख छ।

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - ०९:४५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij