Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिंहदरबार परिसरबाट बोतल र जारको पानी विस्थापित हुन्छः मन्त्री यादव

सिंहदरबार परिसरबाट बोतल र जारको पानी विस्थापित हुन्छः मन्त्री यादव


  • 1.7K
    Shares

    • images
    सिंहदरबार परिसरबाट बोतल र जारको पानी विस्थापित हुन्छः मन्त्री यादव

    काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी सिंहदरबारमा औपचारिक वितरण शुरु गरेका छन् ।

    सोमवार सिंहदरबार परिसरमा आयोजित एक समारोहबीच मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गरेका छन् । उनले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार परिसरमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिए

    मन्त्री यादवले अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरुमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गर्ने बताए । खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उनको भनाइ रहेको छ । 

    उनले भने, ‘हामीले भनेका थियौं मेलम्चीको पानी सिंहदरबारमा ल्याउने । त्यो पानी सबै मन्त्रालयमा पु¥याउने साथै सिंहदरबारभित्र जार र मिनरल वाटरका बोतलहरु चलिरहेको छ त्यसलाई बन्द गर्ने । त्यसैका लागि हामीले मेलम्चीको पानी सिंहदरबारमा शुरुवात गरेका छौं । हामीले प्रधानमन्त्री कार्यालय अगाडि नै खानयोग्य पानी चलाएका छौं । अब यो पानी सबै मन्त्रालयमा जान्छ । जुन जार र मिनरल वाटरका बोतल प्रयोग भइरहेका थिए अब त्यसको अन्त्य गर्छौं । साथै अन्य मन्त्रीहरुले पनि यसको नेतृत्व लिनुपर्छ । यसको सुरुवात भैसक्यो । अब यसको पाइपलाइन सबै मन्त्रालयमा जान्छ । आजबाट विधिवत रुपमा मेलम्चीको पानी आयो । यसभन्दा अघि भूमीगत पानी सिंहदरबारमा आएको थियो, मेलम्चीको पानी आएको थिएन ।’

    उनले सुशासन, पारदर्शीता र जनताको सेवा गर्नेतर्फको प्रतिवद्धताको उदाहरण भएको बताएका छन् । 

     

     

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १५:५३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij