Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रेमिकाको कोठामा सुत्न गएको यूवक मृत भेटिए अर्को एक जोडीपनि थिए संगै, कसरी भयो मृत्यु ?

प्रेमिकाको कोठामा सुत्न गएको यूवक मृत भेटिए अर्को एक जोडीपनि थिए संगै, कसरी भयो मृत्यु ?


  • 2.2K
    Shares

    • images
    प्रेमिकाको कोठामा सुत्न गएको यूवक मृत भेटिए अर्को एक जोडीपनि थिए संगै, कसरी भयो मृत्यु ?

    काठमाडौं । ललितपुर इमाडोल नयाँबस्तीका ३१ वर्षीया जीवेश अधिकारी सोमबार साँझसम्म ठिकठाक थिए । नयाँबस्तीकै स्थानीय जीवेशको काभ्रेकी युवतीसँग प्रेम थियो ।

    २२ वर्षीया उनकी प्रेमिका पनि लामो समयदेखि इमाडोलमै डेरा लिएर बस्दै आएकी छिन् । सोमबार साँझ करिब ८ बजे जीवेश उतै बस्नेगरी प्रेमिकाको डेरामा पुगे । यसअघिसमेत उन्को त्यहाँ आऊजाऊ भइरहन्थ्यो । 

    सोमबार भने उनी एक्लै त्यहाँ गएका थिएनन् । जीवेशको एकजना केटा साथी र उनकी प्रेमिकासमेत थिए । उनीहरू चारैजनाले साँझको खानपिन त्यहीँ गरे । सुत्नका निम्ति बेडरुम एउटा मात्रै भएका कारण उनीहरू चारैजना भुइँमा लहरै सुते । 

    बिहान हुँदासम्ममा जीवेशको सास गइसकेको थियो । तर यो कुरा न उनले चाल पाइन् न त अन्य दुईजनाले नै चाल पाए । सँगै सुतेका प्रेमी जीवेशले सधैँका लागि आफ्नो साथ छाडेको एकैचोटि बिहानको ५ बजेमात्र चाल पाएपछि तीनैजनाको होसहवास उँड्यो । 

    ललितपुर प्रहरीका एसपी चक्रराज जोशीका अनुसारसँगै कोठामा सुतेका साथीहरूले बिहान मात्रै जीवेशको मृत्यु भएको चाल पाएको बताए । जीवेशको सास रोकिएको थाहा पाएपछि उनीहरूले बिहान ६ः३० बजेतिर ग्वार्कोस्थित किस्ट अस्पताल पुर्‍याएका थिए । तर, अस्पतालले जीवेशलाई मृत घोषित गरेको थियो ।

    एसपी जोशी भन्छन्,‘‘मृतकको बाहिरी कुनै चोटपटक देखिँदैन । सँगै सुतेका साथीहरूले बिहानमात्रै थाहा पाएर अस्पताल पुर्‍याएको बताएका छन् । थप अनुसन्धान हुँदै छ ।’’

    प्रहरीले जीवेशकी प्रेमिकासहित तीनजनालाई नै प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान थालेको छ । प्रहरीले घटनास्थलबाट इनर्जी ड्रिंकका केही बट्टा भने फेला पारेको छ । 

    प्रहरीका अनुसार जीवेश परिवारका एक्ला छोरा हुन् । उनकी एक बहिनी छिन् । बुबाआमाको पनि तीन वर्षअघि मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । 

    कफी पसल सञ्चालन गर्दै आएका जीवेश पछिल्लो समय भने अनलाइनमार्फत सामान बिक्री गर्ने काम गर्थे । उनकी प्रेमिकाले भने इमाडोलकै एक रेस्टुरेन्टमा काम गर्ने गरेको खुलेको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा जीवेशले लागुऔषध समेत प्रयोग गर्ने गरेको खुलेको छ । प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको जस्तो नदेखिएको प्रहरीले जनाएको छ । 

    तर, पोस्टमार्टम रिपोेर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ  । प्रहरीका अनुसार इनर्जी ड्रिंकमा केही नसालु पदार्थ मिसाएको आशंका प्रहरीको छ । 

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - १४:३८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij