२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज पहिलो चरणको सुनुवाइ हुने भएको छ ।
अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको र सो कार्य गैरकानुनी भएको दाबी गर्दै दायर गरेको रिटमाथि न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो भने समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते उक्त समितिमा नियुक्त गरिएको थियो ।
पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij