Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ओभरलाेडले पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन

ओभरलाेडले पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन


  • 1.5K
    Shares

    ओभरलाेडले पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध,  वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी साधन सञ्चालन गरिएको छ ।

    पुल भासिएर राजमार्ग पूर्ण रुपमा बन्द भएपछि सोमबार राति १२ बजेदेखि नै वैकल्पिक सडक खुलाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिणतर्फ लागि तम्सरिया गाउँबाट खोला ९हाल पानी नभएको० तरी रानीटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिनेछ ।

    पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिणतर्फ लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक बाटोहरुको प्रयोग गरी हाल सञ्चालन भएको प्रहरीले जनाएको छ ।

    टेलरलगायतका ठूला गाडीहरु भने भित्री सडकमा मोड नपुग्ने भएकोले सञ्चालनमा समस्या भएको छ । ती सवारी साधनलाई अन्य वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले भनेको छ ।

    चोरमारामा सोमबार राति ट्रक गुडिरहेको बेलामा पुल भासिएको थियो । १८ चक्के ट्रकले गाडी पार गर्न खोज्दा पुल भासिएको थियो ।

    यसअघि २०८१ सालको पुस महिनामा पूर्वीनवलपरासीकै विनयी खोला पुल भाँचिएको थियो । त्यतिबेला पुल भाँचिनुमा ओभरलोड ट्रक जिम्मेवार भएको भन्दै स्थानीय व्यवसायीले त्यस्ता गाडीको नियमन र नियन्त्रणको माग राखेका थिए ।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - ०६:४३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij