Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारतबाट फर्किँदै गरेका गोरखा घर भएका ४६ वर्षिया पन्त गाडीभित्रै मृत फेला

भारतबाट फर्किँदै गरेका गोरखा घर भएका ४६ वर्षिया पन्त गाडीभित्रै मृत फेला


  • 2.1K
    Shares

    • images
    भारतबाट फर्किँदै गरेका गोरखा घर भएका ४६ वर्षिया पन्त गाडीभित्रै मृत फेला

    काठमाडौं ।  भारतबाट  नेपाल फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला परेका छन्। बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडियामा गोरखा घर भएका चेतबहादुर पन्त मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताएका छन्।

    ४६ वर्षिया पन्तको घर गोरखाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ भने उनको साथमा रहेको नागरिकताका आधारमा सनाखत भएको छ।

    पन्तको आफन्त पनि प्रहरीको सम्पर्कमा आएको र आफन्तलाई झिकाइसकिएको डीएसपी पातलीले बताएका छन्। पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको छ। 

    बिहार हुँदै रुपैडिया आएका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको पनि प्रहरीले बताएका छन्।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १४:१६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij