२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पूर्वमन्त्री नेता प्रदीप नेपालको निधन भएको छ।
मंगलबार दिउँसो चार बजे उनको नर्भिक अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।
पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेपाल पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए। त्यस्तै २०६३ मा नेपाल शिक्षा तथा खेलकुदमन्त्री पनि बनेका थिए।
पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा रहे पनि स्वास्थ्यकै कारण सक्रिय भने भएनन्। नेपालले ‘सञ्जय थापाुको नामबाट प्रगतिशील साहित्यमा कलम चलाउने समते गर्थे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij