२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पसमा अब पढाई सुरु हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि रोकिएको पढाइ सुरु हुन लागेको हो ।
त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने बताएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविले जनाएको छ ।
मंगलबार त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij