२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई घटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गरे। ‘म कमरेड प्रचण्डलाई भन्न चाहान्छु,तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयोरु,’ भट्टराईले भने, ‘अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो। हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो। अनि अर्को मुख्य सचिव ल्याउनु थियो।’
यस्तै काम केपी ओली सरकारले गर्दा विरोध गरेको भन्दै उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यस्तो चिन्ता किनरु तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छरुयो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij