Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • 2.0K
    Shares

    • images
    आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग  छलफल हुनेछ । 

    त्यस्तै बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल हुनेछ ।

    त्यस्तै साढे १० बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको विकासमा सिँचाइ, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।

    त्यस्तै साढे १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सा।ले।स।को २३ औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा र उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल हुनेछ । 

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - ०९:३३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij