Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

श्वेतपत्र

प्राधिकरणले १० अर्ब ऋण लिने प्रक्रियामा, क्यास ब्यालेन्स नरहेको श्वेतपत्रमा उल्लेख

प्राधिकरणले १० अर्ब ऋण लिने प्रक्रियामा, क्यास ब्यालेन्स नरहेको श्वेतपत्रमा उल्लेख


  • 1.7K
    Shares

    प्राधिकरणले १० अर्ब ऋण लिने प्रक्रियामा,  क्यास ब्यालेन्स नरहेको  श्वेतपत्रमा उल्लेख

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । शुक्रबार प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऋण लिन लागिएको जानकारी दिएका हुन् ।

    उनले भने, ‘हामीसँग क्यास ब्यालेन्स छैन रहेछ । १० अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृती लिन पत्र पठाइसकेका छौँ । यसका लागि प्रक्रिया अगाडी बढिसकेको छ ।’

    कार्यकारी निर्देशक शाक्यका अनुसार अनुसार चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रहेको छ । जुन भुक्तानी दिन सकिएको छैन ।

    हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर ने।रू। मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ । २ अर्ब ४७ करोड कलरचालू खातामा रहेको छ ।

    जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा हो । यसका लागि बाँकी भुक्तानीको जगेडा नरहेको हुँदा १० अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १४:०८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij