Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

३.३५ अंकले बढ्यो नेप्से, झण्डै साढे ७ अर्बको कारोबार

३.३५ अंकले बढ्यो नेप्से, झण्डै साढे ७ अर्बको कारोबार


  • 7.3K
    Shares

    ३.३५ अंकले बढ्यो नेप्से, झण्डै साढे ७ अर्बको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) झिनो अंकले बढेको छ । केहि दिनदेखि दैनिक नयाँ रेकर्ड राखेको नेप्से आज भने सामान्य अंकले बढेको हो । 

    आज नेप्सेमा ३.३५ अंकले बढेर २ हजार दशमलब ४० विन्दुमा पुगेको छ भने ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ । 

    आज ५ वटा कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल टेलिकमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १६:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij