Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली

सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली


  • 1.5K
    Shares

    • images
    सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन् । बिहीवार बालुवाटारबाट १ सय ३६ औं श्रमीक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

    उनले श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताए । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको बताए । श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने उनले बताए । 

    वैदेशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने बेला भएको समेत बताए । श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घर दैलोमा पुर्याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको बताए । 

    प्रधानमन्त्री ओलीले सीपमुलक तालिम, संस्कृतिको विकास र बिस्तारमार्फत दिगो रोजगारीको प्रवन्ध सम्भव हुने बताए । सरकारले आगमी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको समेत बताए । प्रधानमन्त्री ओलीले भने, ‘श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ । वैदेशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने भएको छ ।

    म बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घर दैलोमा पुर्याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको छ ।’ 

    उनले भने, ‘यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु । जब सीपमुलक जनशक्ति रोजगारीमा जोडिन्छ । समृद्ध नेपाल त्यति बेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ । जतिबेला श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता र देशले निरन्तरता प्राप्त गर्दछ । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास हो । जहाँ सरकार निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रुपमा काम गर्दछ ।’

    प्रधानमन्त्री ओलीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न सबै नेपालीलाई सहज र सरल सेवा प्रवाहका लागि सूचना प्रविधिको महत्वपूर्ण भुमिका रहेको बताए । सरकारले श्रम बजार, सूचना प्रणाली निर्माणको कार्य अगाडि बढाएको बताए । 

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - ११:२९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij