Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आफ्नो तलबबारे स्पष्ट नभएको भन्दै शिक्षक महासंघप्रति ईसीडी शिक्षकहरू आक्रोशित

आफ्नो तलबबारे स्पष्ट नभएको भन्दै शिक्षक महासंघप्रति ईसीडी शिक्षकहरू आक्रोशित


  • 11.8K
    Shares

    • images
    आफ्नो तलबबारे स्पष्ट नभएको भन्दै शिक्षक महासंघप्रति ईसीडी शिक्षकहरू आक्रोशित

    काठमाडौं । सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) मन्त्रिपरिषद्ले बुधबार गरेको नौ बुँदे निर्णयमा असन्तुष्ट देखिएका छन्।

    नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नौ बुँदे सहमति भएको थियो। उक्त सहमतिमा ईसीडी शिक्षकका दुईवटा विषय मात्र समेटिएका छन् तर स्पष्ट व्याख्या छैन।

    ईसीडी शिक्षकको अब बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्नेछन् र ईसीडी शिक्षकको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने सहमति भएको छ। जसले ईसीडी शिक्षकहरूमा अन्योल छ।

    यसअघि ईसीडी शिक्षकहरूको तलब १७ हजार तीन सय रुपैयाँको चर्चा थियो। नेपाल शिक्षक महासंघले पनि स्पष्ट जानकारी दिएको छैन। ईसीडी शिक्षकहरू सामाजिक सञ्जालमार्फत शिक्षक महासंघका नेतृत्वप्रति आक्रोशित छन्।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १०:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij