Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सत्तारुढ दल बैठक

सत्ताधारी दलको बैठक बालुवाटारमा जारी

सत्ताधारी दलको बैठक बालुवाटारमा जारी


  • 1.6K
    Shares

    • images
    सत्ताधारी दलको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवायले जनाएको छ।

    बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको छ।आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । मङ्गलवार पनि वार्ता भएको थियो। तर सहमति जुट्न सकेन।

    सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन्।

    बैठकमा गठबन्धन दलहरुबीच बढेको अविश्वासबारे पनि छलफल हुनेछ। पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि कांग्रेस नेताहरुले असन्तुष्टि जनाउँदै आइरहेका छन्। बैठकमा कांग्रेस, एमाले, जसपा, लोसपालगायतका नेताहरु सहभागी छन्।

    बैठक वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।

    जारी बैठकमा प्रधानमन्त्रीओलीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन्।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - ११:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij