Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

धादिङमा कुटपिट गरेर पुरुषको हत्या, आरोपमा एकजना पक्राउ

धादिङमा कुटपिट गरेर पुरुषको हत्या, आरोपमा एकजना पक्राउ

  • 1.4K
    Shares

    • images
    धादिङमा कुटपिट गरेर पुरुषको हत्या,  आरोपमा एकजना पक्राउ

    काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित रायोटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रुबिभ्याली गाउँपालिका–४ घर भएका सुक बहादुर वैशाख १२ मा नीलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङ सडकमा मृत भेटिएका थिए ।

    उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले  बताए । ५० वर्षीय सुक बहादुर तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले सुमन सुनारलाई पक्राउ गरेको छ । 

    गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भएका २० वर्षीय सुमन  नीलकण्ठ नगरपालिका स्थित रायोटारमा बस्दै आएका थिए । डीएसपी हमाल भन्छन्, ‘आरोपीले कुटपिट गरेर हत्या गरेको देखिन्छ ।’ 

    वैशाख १४ मा प्रहरीले आरोपीविरुद्ध धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित रायोटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रुबिभ्याली गाउँपालिका–४ घर भएका सुक बहादुर वैशाख १२ मा नीलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङ सडकमा मृत भेटिएका थिए ।

    उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले  बताए । ५० वर्षीय सुक बहादुर तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले सुमन सुनारलाई पक्राउ गरेको छ । 

    गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भएका २० वर्षीय सुमन  नीलकण्ठ नगरपालिका स्थित रायोटारमा बस्दै आएका थिए । डीएसपी हमाल भन्छन्, ‘आरोपीले कुटपिट गरेर हत्या गरेको देखिन्छ ।’ 

    वैशाख १४ मा प्रहरीले आरोपीविरुद्ध धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - ०९:५४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij