Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादी छाडेर एमाले प्रवेश गरेकाहरुलाई केपी ओलीले के के दिए पुरस्कार ? (सूचीसहित)

माओवादी छाडेर एमाले प्रवेश गरेकाहरुलाई केपी ओलीले के के दिए पुरस्कार ? (सूचीसहित)


  • 6.1K
    Shares

    माओवादी छाडेर एमाले प्रवेश गरेकाहरुलाई केपी ओलीले के के दिए पुरस्कार ? (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी आफ्नो पक्षमा आएकाहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कृत गरेका छन् । यसअघि नै माओवादीका केही प्रभावशाली नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइसकेका छन् ।

    ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधनका क्रममा सांसद पद नै दाउमा राखेर एमाले आएकालाई अब हुने चुनावमा जिताउने बताए । उनले यसअघि नै रामबहादुर थापा बादललाई बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारीमा यथावत राखिएको छ । लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इञ्चार्जकै जिम्मेवारी पाएका छन् ।

    यसअघि कर्णालीको इञ्चार्जको जिम्मेवारी पाएका मणि थापाले लुम्बिनीको सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । आज ओलीले स्थायी कमिटी गठन गरेकोमा माओवादी त्यागेर आएका बादल, टोपबहादुर रायमाझी र मणि थापा मात्र परेका छन् । प्रभु साह स्थायी कमिटीमा ल्याइएनन् । तर, उनलाई विभिन्न कमिटीहरुको जिम्मेवारी दिएर शक्तिशाली बनाइएको छ ।

    राष्ट्रिय सभा सांसद पद जाने निश्चित भएका कृष्णबहादुर खड्का अर्घाखाँचीको इञ्चार्ज बनाइएका छन् ।

    माओवादी छाडेर एमालेमा पुगेकाले कुन जिम्मेवारी पाए

    गौरीशंकर थारु चौधरी- प्रमुख, श्रम तथा रोजगार विभाग
    चन्द्रबहादुर खड्का- इञ्चार्ज, अर्घाखाँची
    प्रभु साह- प्रमुख, सहरी विकास विभाग, इञ्चार्ज, पेशागत महासंघ नेपाल तथा सम्वद्ध संगठनहरु, इञ्चार्ज, नेपाल बुद्धिजीवी परिषद तथा सम्वद्ध संगठनहरु
    मणीचन्द्र थापा- सहइञ्चार्ज, लुम्बिनी प्रदेश, प्रमुख, खानेपानी तथा सरसफाई विभाग
    रामबहादुर थापा बादल- इञ्चार्ज, बागमती प्रदेश, प्रमुख, राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग
    लिलबहादुर थापा मगर- सहइञ्चार्ज, गण्डकी प्रदेश
    लेखराज भट्ट- इञ्चार्ज, सुदूरपश्चिम प्रदेश, प्रमुख, उद्दोग तथा वाणिज्य विभाग, इञ्चार्ज, नेपाल उद्दोग व्यवसाय महासंघ तथा सम्वद्ध सगठनहरु
    टोपबहादुर रायमाझी- इन्चार्ज, मोर्चा संगठन
    दावा तामाङ- प्रमुख, युवा तथा खेलकुद विभाग

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - २०:१८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij