Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले

शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले


  • 1.1K
    Shares

    • images
    शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले

    काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै सांसद ठाकुर गैरेले शिक्षकजस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएका हुन् । 

    ‘शिक्षकहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई अस्त्र बनाइएको छ,’ सांसद गैरेले भने, ‘आन्दोलनलाई सत्ता ढाल्ने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने विषय बन्द हुनुपर्छ ।’ 

    आन्दोलनरत पक्षलाई उकास्ने काम बन्द गरेमात्रै प्रतिपक्षी दलहरूले सोमबार दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्य हुने सांसद गैरेले बताए । छलफलमा एउटा कुरा गर्ने र आन्दोलन स्थलमा गएर अर्को कुरा गर्ने विषयले समस्याको समाधान गर्न नसक्ने उनले बताए ।

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - ११:४६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij