Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे

कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे


  • 1.3K
    Shares

    • images
    कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे

    काठमाडौं । पनिर प्रोटिनको राम्रो स्रोत हो । विवाह होस् वा कुनै ठुलो कार्यक्रम शाकाहारी भोजनमा पनिर सबैभन्दा बढी प्रयोग गरिन्छ ।

    तर तपाईंले खाइरहनुभएको चिज पनिर नै हो कि अरू केही रु यो कतै तपाईंको स्वास्थ्यलाई उल्टै बिगार्ने चिज पो हो रुभारतको बलिया सिटी कोतवाली क्षेत्र अन्तर्गत जगदीशपुरमा रहेको पंकज डेयरी एन्ड मिल्क प्रोडक्ट्स नामक कारखानामा खाद्य सुरक्षा तथा औषधि विभागले छापा मार्दा अचम्मको कुरा खुलासा भएको छ ।

    यहाँ मकैको पाउडरमा आधारित पनिर भेटिएको छ । कारखानामा यहाँ स्टार्चलाई स्किम्ड मिल्क पाउडरमा मिसाएर चीज बनाइँदै थियो । 

    जानकारी पाउने बित्तिकै, आजमगढ र बलियाबाट एक टोलीले कारखानामा छापा मारेको थियो । यसक्रममा विभागले ठुलो मात्रामा नक्कली पनिर फेला पार्यो । विभागले घटनास्थलबाट सबै सामान जफत गरेको छ ।

    वास्तविक पनिर दूधबाट बनाइन्छ । तर, यहाँ पनिर मकैको पिठोबाट बनाइँदै थियो भनेर प्रमुख खाद्य सुरक्षा अधिकृत दिनेशकुमार राईले भनेका छन् । यस्तो पनिर निकै हानिकारक हुन्छ । टोलीले १५ किलो स्टार्च र लगभग ५८ किलो एसएमपी जफत गरेको छ । 

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - ११:३३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij