Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक महासंघ

शिक्षकसँग आज दिउँसो पनि वार्ता, सहमतिको सम्भावना कति ?

शिक्षकसँग आज दिउँसो पनि वार्ता, सहमतिको सम्भावना कति ?


  • 2.4K
    Shares

    • images
    शिक्षकसँग आज दिउँसो पनि वार्ता, सहमतिको सम्भावना कति ?

    काठमाडौं । २८ दिनदेखि जारी शिक्षक महासंघको माग सम्बोधनउन्मुख बनेको छ । सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् । वार्ता आज दिउँसो पनि हुँदैछ ।

    शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताए । उनका अनुसार आज टुंग्याउने गरी काम अघि बढेको छ ।  अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ । महासचिव तुलाबहादुर थापाले आज दिनभरसम्ममा सहमतिको सम्भावना सुनाए ।

    ‘आशावादी छौं । हामी छलफलमै छौं । आज केही होला’, बैठकस्थलबाट थापाले भने ।आजै गठबन्धनका मुख्य दल कांग्रेस(एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको उनको भनाइ छ ।

    तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज(भोलि क्याविनेटबाट निर्णय गराएर लागू गर्ने र ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए ।

    राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए । आन्दोलन भने जारी नै रहने उनको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १०:३१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij