Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरुवा/बढुवा

गृहले फेर्‍यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी

गृहले फेर्‍यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी


  • 3.7K
    Shares

    • images
    गृहले फेर्‍यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी


    काठमाडौं । गृह मन्त्रालयले ती प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । 

    गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट प्राप्त तथ्याङ्क अनुसार तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।  तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

    गृह मन्त्रालयमा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई मन्त्रालयमा तानिएको छ ।

    सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको भन्दै व्यापक आलोचना भएपछि मन्त्रालयले उपसचिवद्वय पौडेल र जैसीलाई मन्त्रालयमा तानेर सहसचिवद्वय थापा र गैह्रेलाई पठाएको हो । 

    त्यस्तै गृहमा जगेडामा रहेका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

    494818509_3516220775177380_7485353037663964571_n_Gl1EOCpIpR.jpg

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - ०९:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij