Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राष्ट्रियसभा सदस्यको उम्मेदवार बादललाई नै बनाउने ओलीको घोषणा, खनाल-नेपाललाई हटाए

राष्ट्रियसभा सदस्यको उम्मेदवार बादललाई नै बनाउने ओलीको घोषणा, खनाल-नेपाललाई हटाए


  • 5.6K
    Shares

    राष्ट्रियसभा सदस्यको उम्मेदवार बादललाई नै बनाउने ओलीको घोषणा, खनाल-नेपाललाई हटाए

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेका छन् । 

    शुक्रबार बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री बादललाई ६ जेठमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले घोषणा गरे पनि केन्द्रीय कमिटी बैठकले भने यसबारेमा औपचारिक निर्णय भने गरेको छैन ।   

    बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले अध्यक्ष ओलीले बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव पेस गरेपनि औपचारिक निर्णय भने भइनसकेको बताए । 

    ‘बादलजीलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव अध्यक्षबाट आएको छ,’ उनले भने, ‘तर, यस विषयमा औपचारिक निर्णय भने भइसकेको छैन ।’ 

    नेकपा माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि निर्वाचन आयोगले ६ जेठका लागि उपनिर्वाचनको मिति तय गरेको छ ।

    यसअघि माओवादी केन्द्रबाट बागमती क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका बादल सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय गरेका थिए ।

    एमालेमै रहने निर्णय गरेपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट हटाउने निर्णय गरेको थियो । बादल राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि उक्त पद रिक्त छ । 

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १५:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij